मकवानपुर — अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालको टोलीले काभ्रेको धुलिखेलस्थित मालपोत कार्यालयमा बुधबार छापा मारेको छ।
छानबिनका क्रममा मुद्दा फाँटका कर्मचारी ज्ञानेन्द्र भण्डारीलाई २ लाख रुपैयाँ नगदसहित नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिएका छन्।
प्रवक्ता पौडेलका अनुसार, भ्रष्ट्राचारसम्बन्धी उजुरीका आधारमा अनुगमन र निगरानीपछि उक्त कारबाही गरिएको हो।
हाल भण्डारीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।