हिपमत डटकम

मंगलबार, भाद्र १७, २०८२ || 6353  पटक पढिएको

काठमाडौँ, भदौ १६ – पछिल्ला दिनहरूमा डेंगुको संक्रमण देशभर तीव्र गतिमा फैलिएको छ। सात दिनमै २३१ जना नयाँ संक्रमित थपिएका छन् भने हालसम्म संक्रमितको संख्या ३,७४० पुगेको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार, पछिल्लो २४ घण्टामा मात्रै ३७ जनामा डेंगु पुष्टि भएको छ। हालसम्म २ जनाले डेंगुका कारण ज्यान गुमाइसकेका छन्।

📍 कुन प्रदेशमा कति?

देशका ७४ जिल्लामा संक्रमण फैलिएको छ। सबैभन्दा बढी डेंगु गण्डकी प्रदेशमा देखिएको हो।

  • गण्डकी प्रदेश: १,०२८ जना

  •  बागमती प्रदेश: ७८३ जना

  •  लुम्बिनी प्रदेश: ६४९ जना

  •  कोशी प्रदेश: ६२७ जना

  •  कर्णाली प्रदेश: २५३ जना

  •  सुदूरपश्चिम प्रदेश: २३० जना

  •  मधेश प्रदेश: १७० जना

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगुबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट जोगिन, पानी जम्ने ठाउँहरू (जस्तै गमला, टायर, खाली भाँडाकुँडा) सफा राख्न र लामखुट्टेको लार्भा नष्ट गर्न आवश्यक छ ।

ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी तथा जोर्नी दुख्ने जस्ता डेंगुका लक्षण देखिएमा तत्काल नजिकको स्वास्थ्य संस्थामा गई चिकित्सकको सल्लाह लिन मन्त्रालयले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!