काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओली र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच चीनको थियानजिनमा भएको शंघाई सहयोग संगठन (SCO) शिखर सम्मेलनको अवसरमा भेटवार्ता सम्पन्न भएको छ।

भेटमा नेपाल–रुस सम्बन्धका विविध आयामबारे छलफल गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। उच्चस्तरीय भ्रमण आदानप्रदान, आर्थिक, शैक्षिक, सांस्कृतिक, सूचना प्रविधि र लगानीलगायत क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा पनि कुराकानी भएको थियो।

प्रधानमन्त्री ओलीले नेपाल–रुसबीच सिधा हवाई उडानको पहल र आपसी सम्बन्ध थप मजबुत बनाउने प्रस्ताव राखेका थिए। जवाफमा राष्ट्रपति पुटिनले दुई देशबीच कुनै भूराजनीतिक वा कूटनीतिक मतभेद नभएको बताउँदै सहयोग विस्तारको सम्भावना रहेको संकेत दिएका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!