हिपमत डटकम

आइतबार, भाद्र १५, २०८२ || 8212  पटक पढिएको

विराटनगर — थारु कल्याणकारिणी सभा मोरङमा लामो समयदेखि जारी रहेको नेतृत्व विवाद अन्ततः टुंगिएको छ। जिल्ला अदालत मोरङले सभापति प्रदीप कुमार विश्वासको नेतृत्वलाई वैधानिक ठहर गर्दै, प्रतिस्पर्धी प्रदीप कुमार भगतद्वारा दायर मुद्दा खारेज गरेको छ।

सभाको नेतृत्वका लागि प्रदीप कुमार भगत र प्रदीप कुमार विश्वासबीच विवाद रहँदै आएको थियो। २०८० पुस १५ गते सम्पन्न निर्वाचनमा दुबै उम्मेदवारको नाम “प्रदीप कुमार” रहेकाले निर्वाचन समितिले गोला प्रथा अपनाएर नामको क्रम निर्धारण गरेको थियो। सो क्रममा विश्वासलाई पहिलो स्थानमा राखिएको थियो।

तर, उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै भगतले किर्ते र जालसाजीको आरोपसहित २०८० पुस २९ गते मोरङ जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए। उनले आफैं निर्विरोध सभापति निर्वाचित भएको दाबीसमेत गरेका थिए।

अदालतले २०८२ असार ८ गते फैसला सुनाउँदै भगतको दाबी अस्वीकार गरेको छ। अदालतको निर्णयसँगै २०८० चैत ७ गते बुढीगंगा गाउँपालिका–२ बौराहास्थित थारु संग्रहालयमा सम्पन्न निर्वाचन वैध ठहरिएको छ। सोही निर्वाचनबाट निर्वाचित कार्यसमितिलाई कानुनी मान्यता प्राप्त भएको सभापति विश्वासले जनाएका छन्।

पत्रकार सम्मेलनमार्फत विश्वासले अदालतको निर्णयले संस्थाभित्रको विवादको अन्त्य गरेको भन्दै अब सबैलाई एकजुट भएर थारु समुदायको हक, अधिकार र समृद्धिका लागि अगाडि बढ्न आह्वान गरेका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!