हिपमत डटकम

बिहिबार, भाद्र १२, २०८२ || 3997  पटक पढिएको

रौतहटमा तस्करीमार्फत भित्रिएको ५९४ बोरा चिनी गायब प्रकरणमा सशस्त्र प्रहरीका एसपी र दुई डीएसपीसहित करिब २० जनामाथि छानबिन भइरहेको छ।

सशस्त्र प्रहरी ११ नं. गण रौतहटका गणपति एसपी सन्तोष बस्नेत र सुरक्षा बेस सन्तपुरका डीएसपी राजेन्द्रबहादुर बस्नेतलाई हेडक्वार्टर हल्चोक तानिएको छ। यसअघि गौरमा छापा मार्दा संलग्न डीएसपी अमर लामालाई पनि सोधपुछका लागि हेडक्वार्टरमा बोलाइएको थियो।

गत साउन अन्तिम साता रौतहटको गरुडा नगरपालिका–९ शिवनगरस्थित उपेन्द्र सहनीको घरबाट ७०० बोरा चिनी बरामद गरिएको थियो। तर भन्सारमा बुझाउँदा मात्र १०६ बोरा मात्र देखाइएपछि गोलमाल खुलेको हो। प्रारम्भिक अनुसन्धानमा करिब ६०० बोरा चिनी अवैध रूपमा हराएको आशंका गरिएको छ।

छानबिनमा संलग्न टोलीका इन्स्पेक्टर, हवल्दार र जवानसहित २० जनामाथि सोधपुछ भइरहेको छ। सशस्त्र प्रहरी मुख्यालयले दोषी प्रमाणित हुनेलाई विभागीय कारबाही गर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!