मोरङ ।रंगेली नगरपालिका-९ फर्साडाँगीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४१ ग्राम ९ सय २० मिलिग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रंगेली नगरपालिका-५ बस्ने १९ वर्षीय रिंकु कुमार शर्मा र भारत बिहार मुरारीपुर-१ बस्ने २९ वर्षीय राकेश प्रमाणी रहेका छन् ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरनबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।