हिपमत डटकम

बुधबार, साउन २९, २०८२ || 5747  पटक पढिएको
काठमाडौंँ  चर्चित गायिकाद्धाय समिक्षा अधिकारी र रचना रिमालको स्वर रहेको नयाँ गीत ‘आयो तीज’ सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच सार्वजनिक गीतमा सुष्मा महराको शब्द रहेको छ ।
मौलिक शब्दहरु समेटिएको गीत लोक रोमान्टिक शैलीमा तयार छ । छमछम नचाउने खालको बनेको गीतमा पुरुषोतम न्यौपानेको संगीत छ । गीतको एरेन्ज केशव बाबुले गरेका हुन् ।गीतको आकर्षक भिडियो समेत निर्माण भएको छ । भिडियोमा गीतकार महरा र प्यारीको अभिनय छ । थुप्रै कोरस समेत प्रयोग भएको भिडियाको निर्देशन शक्ति प्रज्वोेल घिमिरेले गरेका हुन् । भिडियोमा चक्र बहादर बरालको छायांकन र सतीश श्रेष्ठको सम्पादन रहेको छ । भिडियोको कोरियोग्राफी रोहिया महर्जनले गरेकी हुन् । फेसियल हाउसले निर्माण गरेको भिडियो म्युजिक नेपालको अफिसिय युट्युब च्यालबाट सार्वजनिक गरिएको छ ।
कार्यक्रममा गीतकार महरलाले गीतका शब्द केबल शब्द मात्र नभएर आफ्नो जीवन भएको बताइन् । उनले आफ्नो जीवनका बिगत गीतको शब्द मार्फत उतारेकोले गीत तथा भिडियो हेर्नेले आफ्नो जीवन छर्लङ बुझ्ने बताइन् । महराको यो दोस्रो तीज गीत हो । महराले पहिलो गीत झै यो गीतमा पनि दर्शकले धेरै माया दिने धारणा राखिन् ।
संगीतकार न्यौपानले गीतका शब्द मौलिक र मार्मिक भएकोले आफुले मर्म नमर्ने गरेर रोमान्टिक शैलीका गीतमा तयार पारेको बताउदा भिडियो निर्देशक घिमिरेले घिमिरेले गीत मौलिक भएकाले आफुले नेपाली कलासंस्कृति झल्कने गरेर भिडियो निर्माण गरेको बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!