महोत्तरी — रामगोपालपुर नगरपालिका–५ स्थित रामगोपालपुर चोकबाट करिब ४७० किलो ९६० ग्राम अवैध लागूऔषध गाँजासहित एक जना ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्ने व्यक्ति मकवानपुरको राक्सिराङ गाउँपालिका–४ बस्ने २६ वर्षीय मानबहादुर मुक्तान हुन्। उनलाई आइतबार साँझ लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास र इलाका प्रहरी कार्यालय बर्दिबासको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो।
बर्दिबासबाट जलेश्वरतर्फ जाँदै गरेको ना ६ ख २९१९ नम्बरको ट्रक जाँच गर्ने क्रममा १० वटा बोरामा लुकाइराखिएको गाँजा फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ परेका ट्रक चालकमाथि आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।