काठमाडौं – नेकपा एमालेकी सांसद सुनिता बरालले बहुविवाहलाई केही विशेष परिस्थितिमा छुट दिने गरी कानुन निर्माणको तयारी भइरहेको विषयमा संसदमा स्पष्ट जानकारी दिन माग गरेकी छिन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बरालले बहुविवाहजस्तो संवेदनशील विषयमा सार्वजनिक रूपमा ‘कानुनी मान्यता दिने’ सन्देश फैलिनु चिन्ताजनक भएको उल्लेख गरिन्। उनले यस्तो संवेदनशील विषयमा सरकार र विशेषतः कानुन मन्त्रालय गम्भीर हुनुपर्ने धारणा व्यक्त गरिन्।

उनको भनाइमा, “बहुविवाहलाई कानुनी मान्यता दिने सन्देश बाहिर गएको छ, जुन हरेक व्यक्तिको चासोको विषय बनेको छ। म कानुन मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु। सामाजिक दृष्टिकोणले हेर्दा यो असामाजिक विषय हो, कानुनी दृष्टिकोणले हेर्दा गैरकानुनी।”

सांसद बरालले कानुन निर्माण र संशोधनको प्रक्रियामा संवेदनशीलता अपनाउन आग्रह गर्दै सो विषयमा कानुन मन्त्रीले संसदमा स्पष्ट जवाफ दिनुपर्ने बताइन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!