हिपमत डटकम

सोमबार, साउन २०, २०८२ || 1048  पटक पढिएको

काठमाडौं – नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले भिजिट भिसा प्रकरणमा विपक्षी दलहरूलाई लक्षित गर्दै प्रतिनिधिसभामा कडा टिप्पणी गरेका छन्।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)माथि आक्रोश व्यक्त गर्दै उनीहरूले संसदलाई भ्रम सिर्जना गर्ने मञ्चका रूपमा प्रयोग गरिरहेको आरोप लगाए।

“सधैं संसद्मा उभिएर गाली गर्ने, भिजिट भिसाका नाममा मानव तस्करी भएको भन्नु — के साँच्चै भिजिट भिसा मानव तस्करी हो?” उनले प्रश्न गरे, “यहाँ कतिजना सांसद हुनुहुन्छ, जो आफैं पनि भिजिट भिसामा विदेश जानु भएको छैन? यो कस्तो आरोप हो?”

घिमिरेले दुबै दलले ‘गोयबल्स शैली’को प्रयोग गर्दै झुटा प्रचारमार्फत जनता र प्रतिनिधिसभालाई भ्रमित बनाइरहेको दाबी गरे।

“गोयबल्स शैलीमा झुटा सूचना फैलाएर आम जनतालाई दिग्भ्रमित पार्ने र संसदको दुरुपयोग गर्ने प्रवृत्ति अब रोकिनुपर्छ,” घिमिरेले भने, “नेपाली कांग्रेसले यसप्रति गम्भीर आपत्ति जनाएको छ। सभामुखज्यू, यदि यस्ता अभ्यासहरू अन्त्य भएनन् भने संसद्को गरिमा र महत्व दुवै संकटमा पर्छ।”

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!