हिपमत डटकम

आइतबार, साउन १९, २०८२ || 2419  पटक पढिएको

काठमाडौं ।तिज नजिकिँदै गर्दा चाडपर्वको रौनक चुलिंदैछ, र यही माहोललाई अझै रंगीन बनाउने हेतुले नयाँ तिज गीत “हरियो हरियो चुरि हरियो” सार्वजनिक गरिएको छ। गायक तथा मोडल राज सापकोटाको स्वर र दमदार अभिनयले सजिएको यो गीत सार्वजनिक भएपछि छोटो समयमा नै टिकटक लगायत सामाजिक सञ्जालमा भाइरल हुन थालेको छ।

गीतमा तेजश रेग्मी, राधिका हमाल, र राज सापकोटाले स्वर दिएका छन्। यस गीतका रचनाकार तथा संगीतकार तेजश रेग्मी हुन्, जसले परम्परागत तिज शैलीमा आधुनिकता मिसाउँदै गीतलाई सङ्गीतिक रुपमा विशेष बनाएका छन्। संगीत संयोजन, मिक्सिङ र मास्टरिङको जिम्मेवारी आकाश नेपालीले सम्हालेका छन्।

भिडियो निर्देशन र कोरियोग्राफी शिव बिकले गरेका छन्। उनले तिजको मौलिकता झल्किने दृश्य र भावनालाई भिडियोमा सशक्तरूपमा उतारेका छन्। सह-कोरियोग्राफर माधव श्रेष्ठको सहयोगले पनि प्रस्तुतीमा थप ऊर्जा दिएको छ।

भिडियोमा तेजश रेग्मी, सारिका केसी, राज सापकोटा, सरिता दनकुटी र गणेश रेग्मीको आकर्षक अभिनय हेर्न सकिन्छ। विशेषगरी राज सापकोटाको अभिनयले दर्शकको मन जित्न सफल देखिन्छ। भिडियोको छायांकन दीपक गिरी र सम्पादन मिन रावलले गरेका हुन्।”हरियो हरियो चुरि हरियो” तिजको सांस्कृतिक पहिचान, नेपाली महिलाको पारम्परिक चुरा र पहिरनसँग जोडिएको गहिरो भावना बोकेको गीत हो। यसमा परम्परागत भाकालाई आधुनिक संगीत संयोजनमार्फत नयाँ स्वाद दिइएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!