हिपमत डटकम

शुक्रबार, साउन १७, २०८२ || 4294  पटक पढिएको

विराटनगर।गायिका अनु बुढाथोकी गिरिको नयाँ तीज गीत ‘उता तीजको लहर’ सार्वजनिक भएको छ। पिडादायी शब्द, भावुक संगीत र माईतीको माया सम्झनासँग जोडिएको यस गीतको म्युजिक भिडियो आजै उनले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेकी हुन्।

गीत सार्वजनिक भएको केही घण्टामै दर्शक तथा स्रोताबाट राम्रो प्रतिक्रिया प्राप्त भएको गायिका बुढाथोकी गिरिले जानकारी दिइन्।गीतमा यादव घिमिरे र नवीन गौतमको शब्द–संगीत रहेको छ भने बिशाल निरौलाले एरेन्ज गरेका छन्। रन्जन राईको मिक्सिङ रहेको उक्त गीतलाई भुपेन्द्र तुम्हाम्फेले छायांकन तथा निर्देशन गरेका हुन्।

म्युजिक भिडियोमा अनु स्वयंका साथै अमृता खड्का, सरिता खड्का, बिन्दा गिरी र शेरबहादुर बुढाथोकीको अभिनय देख्न सकिन्छ।अनिल राणाले सम्पादन गरेको भिडियोलाई राजु बस्नेत र अभिनाश विकले कोरियोग्राफ गरेका छन्। भिडियोलाई शसस्त्र प्रहरी वलका नायव निरीक्षक (सई) शुभास गिरिले निर्माण गरेका हुन्।निर्माता गिरिले यस भिडियोले सबै दर्शकको मन जित्ने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!