काठमाडौं।वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा कागेश्वरी मनोहरा नगरपालिका-५ बस्ने गोरखा पालुङटार नगरपालिका-२ घर भएका ३७ वर्षीय रविन आचार्यलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
रविनले क्यानडा पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ६५ लाख ९७ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-२६ सामाखुशीबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।