हिपमत डटकम

शनिबार, साउन ११, २०८२ || 1087  पटक पढिएको

सुनसरी। जिल्ला सदरमुकाम इनरुवासहित विभिन्न स्थानीय तहमा पशु चौपायामा लम्पी स्किनको सङ्क्रमण बढेको छ । इनरुवासहित धरान, इटहरी, दुहबी, वराहक्षेत्र, रामधुनी, कोशी, गढी, देवानगञ्ज, बर्जु, भोक्राहानसिंह र हरिनगर गाउँपालिकामा लम्पी स्किनको सङ्क्रमण देखा परेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरीका प्रमुख मनोज मेहताले जानकारी दिए ।

जिल्लामा हालसम्म एक हजार ५१६ वटा पशु चौपायामा सङ्क्रमण देखिएको उनले बताए । सबैभन्दा बढी दुहबी नगरपालिकामा २७६ पशु चौपायामा लम्पी स्किनको सङ्क्रमण देखिएको छ भने सबैभन्दा कम धरान उपमहानगरपालिकामा १५ वटामा देखिएको छ ।

लम्पी स्किनका कारण जिल्लामा हालसम्ममा ५३ वटा पशु चौपायाको मृत्यु भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । सबैभन्दा बढी वराहक्षेत्र नगरपालिकामा १३ वटाको मृत्यु भएको छ । हालसम्म ६४ हजार ४४१ वटा पशु चौपायालाई खोप लगाएको प्रमुख मेहताले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!