मोरङ।कटहरी गाउँपालिका-३ कटहरी चोकबाट अवैध लागूऔषध गाँजा करिब ३ हजार १ सय ५० किलोग्राम गए राति प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी कटहरीबाट खटिएको प्रहरीलाई देख्नासाथ को.१ ख ४५१८ नम्बरको ट्रक छाडि चालक फरार भएपश्चात ट्रक तलासी गर्दा १ सय ५ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो ।
प्रहरीले हाल फरार ट्रक चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।