हिपमत डटकम

बिहिबार, आषाढ २६, २०८२ || 6542  पटक पढिएको

विराटनगर।विराटनगरका युवा उद्यमी आकृति जलान र मोहित धनाबातले आफ्नो स्किन केयर ब्रान्ड ‘मुनवेक’ मार्फत टेलिभिजन रियालिटी शो ‘शार्क ट्याङ्क नेपाल’ मा ३० लाख रुपैयाँ लगानी प्राप्त गर्न सफल भएका छन्।

उनीहरूले शार्क रितु बैद्यसँग सम्झौता गर्दै आफ्नो कम्पनीको २० प्रतिशत सेयर साटेर यो लगानी सुरक्षित गरेका हुन्। ‘मुनवेक’ ब्रान्डले स्थानीय कच्चा पदार्थबाट प्राकृतिक स्किन केयर उत्पादनहरू निर्माण गर्दछ र यसको उत्पादन इकाई विराटनगरमै सञ्चालन हुँदै आएको छ।

पहिल्यैदेखि उपभोक्ताबीच लोकप्रिय बनेको मुनवेकले प्राप्त लगानीको सहयोगमा उत्पादन क्षमता, ब्रान्डिङ र बजार विस्तार गर्ने योजना बनाएको छ। उत्पादन, प्याकेजिङ र मार्केटिङ सबै प्रक्रिया स्थानीय तहमै सञ्चालन गर्दै आएका यी युवा उद्यमीको यात्रा अब ‘शार्क ट्याङ्क’ को माध्यमबाट देशभर फैलिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!