हिपमत डटकम

बिहिबार, आषाढ २६, २०८२ || 4665  पटक पढिएको

झापा ।झापाको २ स्थानहरुबाट २ सय ६० ग्राम ३० मिलिग्राम लागू औषध ब्राउन सुगर सहित कारोबारमा संलग्न २ जनालाई पक्राउ गर्न प्रहरी सफल भएको छ । कोशी प्रदेश प्रहरीको लागू औषध दुर्व्यसन विरुद्दको महाअभियान अन्तरगत असार २६ बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले राती साढे १२ बजे भारतबाट नेपाल तर्फ साईकलमा आउदै गरेका कनकाई नगरपालिका-१ का ३० बर्षीय पवन ऋषिदेबलाई झापा गाउँपालिका-४ सुकुम्बासी बस्ति स्थितबाट नियन्त्रणमा लिई चेकजाँच गर्दा साईकलको ट्युब भित्र लुकाई छिपाई ल्याउदै गरेको ब्राउन सुगर १ सय ६७ ग्राम सहित नियन्त्रणमा लिएको हो । यसैगरी इलाका प्रहरी कार्यालय कुमरखोदले असार २५ गते साँझ झापा गाउँपालिका-१ सुडुखुट्टु स्थितबाट ९३ ग्राम ३० मिलिग्राम ब्राउन सुगर सहित देश भारत बिहारका ६० बर्षीय गबरी साहलाई नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!