हिपमत डटकम

बुधबार, आषाढ २५, २०८२ || 7667  पटक पढिएको

काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको १८ औँ प्राज्ञसभाको प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनाली तथा प्रतिष्ठानका पूर्व कुलपति किरण मानन्धरले संयुक्त रूपमा उद्घाटन गरे । मङ्गलवार आयोजित कार्यक्रममा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले प्राज्ञसभाले ललितकला क्षेत्रमा नयाँ आधार तय गर्ने विश्वास व्यक्त गर्दै देशको परिवेश अनुकूल कला सिर्जना गर्ने वातावरण बनाउन कोसिस भइरहेको बताए । उनले भने, ‘प्रतिष्ठानले आगामी दिनमा खोज, अनुसन्धान तथा प्रकाशनको कामलाई थप जोड दिने छ ।

साथै ललितकलालाई पर्यटन प्रवर्धनसँग जोडेर काम गर्न आवश्यक छ । यसमा प्रतिष्ठानले व्यवस्थित रुपमा काम गरिरहेको छ ।’संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले प्रतिष्ठानले सीमित स्रोत र साधनकाबिच गरेका कामहरू प्रशंसनीय रहेको र यस्ता कार्यहरूमा सधैँ मन्त्रालयको साथ रहने बताए । उनले नीतिगत कुरामा देखिएका समस्याहरूलाई सबैको सल्लाहबमोजिम संशोधन गर्न मन्त्रालयले काम गरिरहेको धारणा राखे । प्रतिष्ठानका पूर्व कुलपति किरण मानन्धरले प्रतिष्ठानले अहिले गरिरहेको कार्यको सराहना गर्दै प्राज्ञसभाले नेपाली ललितकला क्षेत्रमा नयाँ दृष्टिकोण ल्याउन सफल हुने धारणा व्यक्त गरे ।

प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले नेपालको ललितकला क्षेत्रलाई कस्तो बनाउने भन्ने कुरा ललितकलाकर्मीकोे मात्र हुटहुटीले नहुने बताउँदै सबैको सहयोग र सहकार्यमा मात्र त्यो सम्भव हुने बताए । उनले भने, ‘हामी ललितकला क्षेत्रको समृद्धि तथा उन्नयनका लागि योजना बनाउने पूर्वसन्ध्यामा छौँ । प्राज्ञिक व्यक्तिहरूबाट प्रज्ञा–प्रतिष्ठानलाई साँच्चैको प्राज्ञिक ढङ्गले चलाउनका लागि यो सभाको गरिएको हो ।

प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र थुम्केलीले स्रष्टाको भूमिका समाजलाई सकारात्मक दिशातर्फ लाने, सकारात्मक ऊर्जा प्रदान गर्ने हुनुपर्नेमा जोड दिँदै सामाजिक रुपान्तरण ललितकलाको अभियान मूलभावमा रही प्रतिष्ठानले काम गरिरहेको बताए । उनले भने, ‘हामी त्यही अभियानमा छौँ । हामीले ललितकलाका माध्यमबाट त्यो भूमिका निर्वाह गर्दै अगाडि बढिरहेका छौँ । ललितकला क्षेत्रलाई गति दिन यो सभाले विशिष्ट भूमिका निर्वाह गर्नेछ । हामीले नेपालका सबै ललितकलाकर्मी, संस्कृतिकर्मीहरूको साथ र सहयोगमा गतिविधिहरू गरिरहेका छौँ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले प्राज्ञ सभा सफलताको शुभकामना व्यक्त गर्दै नेपालमा विभिन्न क्षेत्रबाट गरिने अनुसन्धानको काम प्रभावकारी हुनुपर्नेमा जोड दिए । उनले ललितकला प्रज्ञा–प्रतिष्ठानले निकै गतिका साथ काम गरिहेको बताए । यस्तै, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव कुश्मा महरा ‘प्रगति’ले नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानबाट धेरै सिक्न सकिने बताइन् । उनले भनिन्, ‘ललितकलाका क्षेत्रमा अहिले प्रदेशदेखि राष्ट्रियस्तरमा जुन लहर आएको छ । यो असाध्यै सकारात्मक पक्ष हो र सिक्नलायक छ ।’ सदस्य सचिव महराले नीतिगत अधिकारका विषय तीनवटै प्रतिष्ठानका एउटै भएकाले सहकार्य गर्दै हल गर्नुपर्नेमा जोड दिइन् ।

सांस्कृतिक संस्थानका महाप्रबन्धक किरणबाबु पुनले सांस्कृतिक संस्थानका तर्फबाट सहकार्य, समन्वय र ऐक्यबद्धताका कुराहरूमा प्रतिष्ठानसँग हात अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘हामी सबै नेपाल सरकारको संस्कृतिसम्बन्धी वकालत गर्दै आएका सङ्घसंस्था छौँ । सबैको एउटै चिन्तन के हो भने संस्कृतिलाई बुझ्ने चिन्तन र फराकिलो सोच हुनुपर्छ । यसलाई राज्यले प्रमुख अङ्गका रूपमा विकास गरिदिनुपर्छ भन्ने नै हो ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!