काठमाडौं।वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललिपतुर महानगरपालिका-२५ बस्ने ४० वर्षीय प्रभाष रिसाललाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
प्रभाषले युके पठाइदिन्छु भन्दै पीडितहरूबाट १ करोड २० लाख ४४ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका-४ एकान्तकुनाबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।