पथरी शनिश्चरे । स्थानीय तहको सेवा, सुशासन र पारदर्शितालाई प्रभावकारी बनाउन पथरी शनिश्चरे नगरपालिकाले आयोजना गर्दै आएको सार्वजनिक सुनुवाई कार्यक्रम अन्तरगत चालु आर्थिक वर्षको तेस्रो चौमासिक सार्वजनिक सुनुवाई आगामी असार १३ गते सञ्चालन हुने भएको छ ।

पथरी शनिश्चरे नगरपालिकाको आयोजना एवम् मारुती मिडिया प्रालिको सहजीकरणमा हुने सार्वजनिक सुनुवाई कार्यक्रम असार १३ गते पथरी शनिश्चरे नगरपालिका वडा नं ८ स्थित सोमबारे बजारमा हुने भएको हो ।

बिहान ११ बजेदेखि सञ्चालन हुने सार्वजनिक सुनुवाइ कार्यक्रममा नगर क्षेत्रभित्र भएका विकास निर्माणका कार्य, सेवा प्रवाहको अवस्था, बजेट तथा सार्वजनिक सरोकारका सम्पुर्ण विषयहरूमा प्रत्यक्ष छलफल र नागरिकका गुनासोहरूको सुनुवाइ गरिनेछ ।

नगरपालिकाले सुचना जारी गर्दै स्थानीय राजनैतिक दल , नागरिक समाज , संघसंस्थाका पदाधिकारी , सञ्चारकर्मी , नागरिक समाजका प्रतिनिधि तथा नगरपालिकाको विकास तथा सेवा प्रवाह सम्बन्धमा जिज्ञासा राख्ने सम्पुर्ण सरोकारवालालाई कार्यक्रममा उपस्थित हुन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!