पथरी शनिश्चरे । पथरी शनिश्चरे ६ स्थायी ठेगाना भई हाल अमेरिका बसोबास गर्ने समाजसेवी नारायण जंग निरौला र तारा निरौलाले हसन्दहस्थित डनबस्को स्कुलमा अध्ययनरत दुई विपन्न तथा जेहेन्दार विद्यार्थीको अभिभावकत्व ग्रहण गर्दै छात्रवृत्ति प्रदान गरेका छन् ।
छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूमा कक्षा ५ मा अध्ययनरत अनुसा चौधरी (बुबा स्व. शिवशंकर चौधरी, आमा अञ्जु कुमारी धामी) र कक्षा ४ मा अध्ययनरत रोहित न्यौपाने (बुबा जीवन न्यौपाने, आमा रिजु न्यौपाने) रहेका छन् ।
शैक्षिक सत्रभरि सहयोग हुने गरी प्रदान गरिएको उक्त छात्रवृत्ति शुक्रवार बिहान आयोजित विद्यालयको प्रार्थना सभामा विधिवत रूपमा हस्तान्तरण गरिएको हो। कार्यक्रममा विद्यालयका संस्थापक निर्देशक किरण थापा र प्रिन्सिपल दुर्गाप्रसाद ढकालले विद्यार्थीका अभिभावकहरुको उपस्थितिमा छात्रवृत्ति प्रदान गरेका हुन ।
विद्यालय प्रशासनले समाजसेवी निरौला दम्पतीप्रति आभार व्यक्त गर्दै यस्तो सहयोगले विद्यार्थीहरूलाई आत्मविश्वास बढाउने र अध्ययनमा थप प्रेरणा दिने विश्वास व्यक्त गरेको छ ।