काठमाडौं।बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर, भक्तपुर नगरपालिका-१० कमलबिनायक बस्ने ओखलढुङ्गा चम्पादेवी गाउँपालिका-४ फेदीगोठ घर भएका २६ वर्षीय रविन कार्की र काठमाडौं चन्द्रागिरी नगरपालिका-१ दहचोक बस्ने गोरखा शहिदलखन गाउँपालिका-८ बुङकोट घर भएका ३० वर्षीय समिर राज वाग्ले रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जिल्ला अदालत भक्तपुरबाट २०८१ फागुन ६ गते उक्त मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका रविनलाई बुढानिलकण्ठ नगरपालिका-१० कपनबाट बुधबार पक्राउ गरेको हो ।
साथै सोही मुद्दामा जिल्ला अदालत काठमाडौंबाट गत वैशाख १४ गते पक्राउ अनुमति प्राप्त भई फरार रहेका समिरलाई काठमाडौं महानगरपालिका-९ गौशालाबाट बिहीबार प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ मध्ये रविनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ भने समिरलाई प्रहरी वृत्त महाराजगंज पठाइएको छ ।