पर्सा।मानव बेचबिखन तथा ओसार पसार कार्यमा संलग्न रहेको अभियोगमा चितवन माडी नगरपालिका-८ खर्कटा बस्ने ४१ वर्षीय दिपक खड्कालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ठोरी गाउँपालिका-२ ठोरी बजारमा फ्रि टिकट, फ्रि भिषामा वैदेशिक रोजगारीका लागि दुबई र ओमान पठाइदिन्छु भनी विभिन्न प्रलोभन देखाई ४ जना पीडितहरूलाई भारततर्फ बिक्री गर्न लैजाँदै गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई पक्राउ गरेको हो ।
साथै प्रहरीले पीडितहरूको उद्दार समेत गरेको छ । उनी उपर मानव बेचबिखन तथा ओसार पसार सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।