रामकुमार परियार

शनिबार, जेठ ३२, २०८२ || 6253  पटक पढिएको

पथरी । नेपाल पत्रकार महासंघ मोरङको आयोजनामा पथरीमा एक दिने कानुन पत्रकारिता तालिम सम्पन्न भएको छ ।

पथरी शनिश्चरेको सिन भिलेज पार्टी प्यालेसमा शनिबार सम्पन्न तालिममा कोशी प्रदेशका पूर्व मुख्य न्यायाधिवक्ता रूपेस कोईराला र राष्ट्रिय सभाका पूर्व सचिव राजेन्द्र फुयाँलले सहजीकरण गरेका थिए ।

विराटनगर सहित उत्तरी मोरङमा कार्यरत ५० बढी सञ्चारकर्मीको सहभागीता रहेको तालिममा अदालती पत्रकारिता , साईबर क्राईम र कानुनी विषयवस्तु , अदालती क्रियाकलापमा पत्रकारिताको भूमिका , पत्रकारितामा आचारसंहिता आदि विषयमा प्रशिक्षण दिइएको थियो ।

पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोको प्रमुख आतिथ्य एवम् नेपाल पत्रकार महासंघ मोरङकी अध्यक्ष सुशीला पाठकको अध्यक्षता रहेको तालिमको उद्घाटन सत्रमा महासंघका सदस्य तथा तालिम संयोजक ईश्वर दुलालले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तुम्बापोले कानुनी ज्ञानसहितको पत्रकारिता आजको आवश्यकता भएको बताउँदै यस्ता तालिमले पत्रकारलाई थप जिम्मेवार र दक्ष बनाउने धारणा व्यक्त गरेका थिए । उक्त तालिम कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा सञ्चालन भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!