हिपमत डटकम

बुधबार, जेठ १५, २०८२ || 5327  पटक पढिएको

बिराटनगर ।झापा र इलामबाट लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । जेठ १३ गते झापाको मेचीनगर नगरपालिका- ६ स्थितमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा ५ ग्राम ५४० मिलिग्राम ब्राउन सुगर र बेचबिखनमा संलग्न मे. ५ प ९६४५ नम्बरको मोटरसाईकल सहित मोटरसाईकल चालक कनकाई नगरपालिका-५ का २५ बर्षीय रुपक गडतौला र शिवसताक्षी नगरपालिका-९ का २५ बर्षीय बिरहाङ लेछर्वो लिम्बुलाई नियन्त्रणमा लिएको हो भने प्रहरी चौकी बाघखोरले दमक नगरपालिका-३ का २९ बर्षीय किरण राई र भारत बिहारका ३६ बर्षीय मनिश कुमार गुप्तालाई ८ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

त्यसैगरी इलामको चुलाचुली गाउँपालिका-४ स्थितबाट प्रहरी चौकी पेल्टिमारीले प्र.१-०१-०१३ प ५४८३ नम्बरको मोटरसाईकल चालक सोहि स्थानका २० बर्षीय अन्जन राईलाई ८५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!