हिपमत डटकम

बुधबार, जेठ ०८, २०८२ || 9446  पटक पढिएको

काठमाडौँ । आज (बुधबार) बसेको संसद्को सार्वजनिक लेखा समितिको बैठकले पोखरा विमानस्थलमा भएको भ्रष्टाचारका विषयमा अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ ।

बैठकले पोखरा विमानस्थल निर्माण लगायतका विषयमा उठेका प्रश्न र भ्रष्टाचारका सम्बन्धमा छानबिन गर्न अख्तियारलाई निर्देशन दिएको समितिका सभापति ऋषिकेश पोखरेलले बताए ।

यसअघि राजेन्द्र लिङ्देन नेतृत्वको उपसमितिले पोखरा विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार भएको प्रतिवेदन बुझाएको थियो ।

‘प्रतिवेदनका विषयवस्तु र विमानस्थलबारे उठेका प्रश्नमा अख्तियारलाई छानबिन गर्न समितिले निर्देशन दिएको छ’, पोखरेलले भने, ‘छानबिन गर्ने निकाय समिति नहुने भएकाले यो निर्णय गरेको हो ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!