बीरेन्द्रकुमार साह

सोमबार, जेठ ०६, २०८२ || 5466  पटक पढिएको

विराटनगर। भारतबाट अवैध रूपमा नेपाल ल्याइँदै गरेको करिब ३ किलो चाँदी सशस्त्र प्रहरीले बरामद गरेको छ।सशस्त्र प्रहरी बल, नेपाल अन्तर्गत प्रस्तावित सीमा सुरक्षा गुल्म रानी, मोरङको चेकपोस्ट टोलीले विराटनगर महानगरपालिका–१५ स्थित भन्सार कार्यालय रानीको ढाट नं. २ मा जेठ ५ गते दिउँसो ३:५० बजे उक्त चाँदी बरामद गरेको हो।

सशस्त्र प्रहरीको टोलीले भारतबाट हातमा झोला बोकी शंकास्पद रूपमा आउँदै गरेको एक अज्ञात व्यक्तिलाई जाँच गर्ने प्रयास गर्दा उनी झोला त्यही छाडी भारततर्फ भागेका थिए। त्यसपछि प्रहरीले सो झोला खोलेर जाँच गर्दा चाँदी जस्तो देखिने गहना फेला परेको थियो।

झोलाभित्र फेला परेको धातु परीक्षण तथा तौलका लागि नेपाल सुनचाँदी व्यवसायी संघ, मोरङमा पठाइएकोमा उक्त वस्तु २ किलो ९९७ ग्राम तौलको चाँदी भएको र ५५ प्रतिशत शुद्धताका साथ पुष्टि भएको छ।बरामद गरिएको चाँदी आवश्यक कागजातसहित विराटनगर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ। उक्त चाँदीको भन्सार मूल्याङ्कन २ लाख ११ हजार ९७९ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!