हिपमत डटकम

सोमबार, जेठ ०६, २०८२ || 4105  पटक पढिएको

भीमफेदी गाउँपालिका-१ खोप्लाङखोलाबाट अवैध लागूऔषध गाँजा करिब १ सय ७२ किलोग्राम सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मनहरी गाउँपालिका-८ सिमपानी बस्ने २५ वर्षीय प्रदिप मोक्तान र मकवानपुरगढी गाउँपालिका-५ धादिङ बस्ने २५ वर्षीय समुद्र दाहाल रहेका छन् ।

प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरीले चुनियाबाट हेटौंडा बजारतर्फ जाँदै गरेको बा.३ च ३४९६ नम्बरकोकारलाई जाँच गर्ने क्रममा ४ वटा बोरामा लुकाई छिपाई ल्याएको उक्त परिमाणको गाँजा फेला पारी कार चालक प्रदिप र कारमा सवार समुद्रलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!