विराटनगर।झापा, सुनसरी र मोरङबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित ४ जनालाई पक्राउ गरेको छ।
झापाको बिर्तामोड नगरपालिका-४ बाट २६ वर्षीय संजोग लिम्बूलाई ६६० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय अनारमनी र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाले जनाएको छ। त्यस्तै, दमक नगरपालिका-३ बाट १९ वर्षीय मिङ्सो लिम्बूलाई ९ ग्राम ३० मिलिग्राम ब्राउन सुगरसहित इलाका प्रहरी कार्यालय गौरीगंजको टोलीले पक्राउ गरेको छ।
यसैगरी, सुनसरीको धरान उपमहानगरपालिका-१ बाट २६ वर्षीय रुस्तम राई र धरान-१३ की भावना गुरुङलाई ४९० मिलिग्राम ब्राउन सुगर र नगद ३८ हजार ८ सय रुपैयाँसहित इलाका प्रहरी कार्यालय धरानको टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ।