बिराटनगर। गृहमन्त्री रमेश लेखकको निर्देशनसंगै मोरङको प्रमुख सीमा नाका रानी–जोगवनीमा कडाई गरिएको छ।
स्थानीय प्रशासनले सीमा सुरक्षामा कडाई गर्दै भारतबाट नेपालतर्फ दैनिक उपभोग्य वस्तु समेत ल्याउन रोक लगाएको जनाइएको छ।
सीमा क्षेत्रमा सुरक्षाकर्मीहरूको उपस्थिति बढाइएको छ भने नेपाल भित्रिने सवारी र यात्रुहरूलाई कडाइका साथ जाँच भइरहेको छ। स्थानीय बासिन्दाहरूले सामान्य उपभोगका सामान समेत पार गर्न नपाउँदा दैनिक जीवन प्रभावित भएको बताएका छन्।
गृहमन्त्री लेखकले पछिल्ला दिनमा सीमामा हुने अवैध गतिविधि नियन्त्रण गर्न निर्देशन दिएका थिए। सोही निर्देशनअनुसार सुरक्षाका उपायहरू थप कडा पारिएको जनाइएको छ।