हिपमत डटकम

मंगलबार, बैशाख २३, २०८२ || 1966  पटक पढिएको

विराटनगर।सुनसरी र मोरङबाट  लागूऔषध गाँजा र ब्राउन सुगर ओसार पसारमा संलग्न २ जनालाई प्रहरीले  पक्राउ गरेको छ । वैशाख २२ गते सुनसरीको धरान उपमहानगरपालिका-४ स्थितमा अस्थायी प्रहरी चौकी पत्राङबारीबाट खटिएको गस्ती टोलीले चेकजाँचको क्रममा बा. ४२ प ९८३६ नम्बरको मोटरसाईकल चालक धनकुटा चबिसे गाउँपालिका-३ का सुजन राईले बोकेको जेब्रा झोलामा १५ किलोग्राम गाँजा फेला परेकोले गाँजा सहित नियन्त्रणमा लिएको छ ।

यसै गरी मोरङको इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण व्युरो विराटनगरको टोलीले विराटनगर-१५ स्थितबाट बेलबारी नगरपालिका-४ का अनमोल राईलाई ब्राउनसुगर २ ग्राम ८४ मिलिग्राम सहित नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!