काठमाण्डौं ।गायिका शान्ती परियार र गायक विवेक खत्रीको स्वरमा रहेको ’वनको तरुल’गीतको सार्वजनिक भएको छ । ’वनको तरुल’ गीतले नेपाली लोक संगीतको मौलिकतालाई कायम राख्दै नयाँ पुस्ताको रुचि अनुसार आधुनिक प्रस्तुति दिन खोजेको देखिन्छ ।
नन्दनी पिरतीको दिल , लौननी भैया हान्देउ गुलेलीले , डोरी बाटेर , देउन त्यो मन जस्ता लोकप्रिय गीतका सर्जक विक्रम बावु विश्वकर्माको शब्द तथा लय सिर्जनामा रहेको गीतमा विश्वास नेपालले गीतलाई एरेन्ज गरेका छन ।
सुनिल भण्डारीको छायाँकन , नविन धर्ति मगरको सम्पादन तथा कमल भक्तको कोरियोग्राफी तथा निर्देशनमा रहेको गीतमा सरद एल जी , गोविन्द विवस र कृपा पौडेलको अभिनय रहेको छ । सामाजिक सञ्जाल तथा युट्युबमार्फत सार्वजनिक भएको गीतले छोटो समयमा नै राम्रो प्रतिक्रिया पाइरहेको छ ।