हिपमत डटकम

बिहिबार, बैशाख १८, २०८२ || 1589  पटक पढिएको

काठमाडौं ।वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै  रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महालक्ष्मी नगरपालिका-५ घर भएका ३९ वर्षीय सम्पुर्ण केसी, ललितपुर महालक्ष्मी नगरपालिका-३ बस्ने काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका-३ घर भएका २९ वर्षीय सुजन गिरी, काठमाडौं महानगरपालिका-३ बस्ने पाल्पा रम्भा गाउँपालिका-५ घर भएका ५८ वर्षीय सिर बहादुर बराल र काठमाडौं तार्केश्वर नगरपालिका- ४ घर भएकी ३३ वर्षीया सरस्वती देवकोटा रहेका छन् ।

पक्राउ मध्ये सम्पुर्णले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३५ लाख रूपैयाँ, सुजनले युके पठादिन्छु भन्दै १ जना पीडितबाट २६ लाख ६५ हजार रूपैयाँ, सिर बहादुरले दक्षिण कोरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख ५० हजार रूपैयाँ र सरस्वतीले यएई पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सम्पुर्णलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट मंगलबार, सुजनलाई काठमाडौं महानगरपालिका-३१ बाट बुधबार तथा सिर बहादुर र सरस्वतीलाई काठमाडौं महानगरपालिका-१२ बाट बुधबार पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!