काठमाडौ । भारतले पाकिस्तानका लागि आफ्नो एयरस्पेस बन्द गरेको छ । यो घोषणासंगै अब पाकिस्तानी विमानहरुले भारतको आकाश हुँदै उडान भर्न पाउने छैनन् ।
पहलगाम आक्रमण पछि क्रुद्ध बनेको भारतले बुधबार देखि पाकिस्तानका लागि आफ्नो एयरस्पेस बन्द गरेको हो । भारतको यो प्रतिबन्धका कारण पाकिस्तानलाई ठुलो आर्थिक नोक्सानी पर्ने भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
एयरपोर्ट अथोरिटि अफ ईण्डिया (एएआई) ले बुधबार एक सूचना जारि गर्दै पाकिस्तानमा दर्ता भएका विमान कम्पनी , पाकिस्तानी एयरलाइन्स र अपरेटरहरुको स्वामित्वमा रहेका विमानहरु , सैन्य विमानहरु सहित पाकिस्तानका अन्य व्यवसायीक उडानहरुको लागि आगामी मे २३ सम्मका लागि आफ्नो एयरस्पेस बन्द गरेको हो ।
एक साताअघि पाकिस्तानले आफ्नो आकाशमा भारतीय जहाजलाई प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। बुधबार भारतले पनि पाकिस्तानलाई जबाफ दिँदै त्यस्तै निर्णय गरेको हो।