रामकुमार परियार

आइतबार, बैशाख १४, २०८२ || 2232  पटक पढिएको
पथरी शनिश्चरे । मोरङको पथरीशनिश्चरेमा सम्पन्न ‘प्रथम प्रदेशस्तरिय बि डिभिजन ब्याडमिन्टन प्रतियोगिता – २०८२’ को उपाधि झापाका विशन राई र देवन राईको जोडीले जितेको छ ।
पथरीशनिश्चरे नगरपालिकाको मुख्य प्रायोजन तथा पथरीशनिश्चरे ब्याडमिन्टन क्लबको आयोजनामा वडा नं १० स्थित ब्याडमिन्टन कभर्डहलमा शनिबार सम्पन्न प्रतियोगिताको फाईनल खेलमा बेलबारीका कमल तामाङ र प्रतिक बिष्टको जोडीलाई झापाका राईद्वयले हराएका हुन् ।
फाईनल खेलको  पहिलो सेट कमल र प्रतिकको जोडीले २१–१७ को अन्तरले जितेको थियो भने दोस्रो सेट विशन र देवनको जोडीले २१–१९ को अन्तरले जितेका थिए । राईद्वयले तेस्रो सेट २१–१८ को अन्तरले जित्दै उपाधि हात पारेका हुन ।
प्रदेश भरिका ४० टोलीले सहभागिता जनाएको प्रतियोगितामा इटहरीका मन्दिप घले /जोसेफ ठकुरी र धरानका ज्ञानु लिम्बुको जोडी तेस्रो भए भने म्यान अफ द म्याच ताप्लेजुङका एन्ड्रेश लिम्बु घोषित भए ।
प्रतियोगितामा प्रथम हुनेलाई नगद ३० हजार, दोस्रो हुनेलाई २० हजार र तेस्रो हुनेलाई १० हजार सहित ट्रफी, मेडल, प्रमाण–पत्र समापन समारोहका प्रमुख अतिथि पथरीशनिश्चरे नगरपालिकाका उप–प्रमुख देविमाया काफ्लेले वितरण गर्नुभएको थियो ।
पथरी शनिश्चरे ब्याडमिन्टन क्लबका अध्यक्ष सनम मगर (राजकुमार) को अध्यक्षतामा भएको समापन कार्यक्रममा वडा नं. १० का अध्यक्ष जीवन खतिवडा , वडा नं. २ का वडा सदस्य चन्द्रकुमार राई लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!