हिपमत डटकम

बुधबार, पौष १७, २०८१ || 2984  पटक पढिएको

सुनसरी।धरान उपमहानगरपालिका-२० खैरे खोलाबाट अवैध लागूऔषध गाँजा करिब ५६ किलो ४ सय ५ ग्राम सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका-२० बस्ने ३४ वर्षीय कमल राई, २३ वर्षीय प्रदिप राई र धनकुटा साँगुरीगढी गाउँपालिका-९ बस्ने २० वर्षीय राजु विश्वकर्मा रहेका छन् ।

अस्थायी प्रहरी चौकी बिष्णुपादुकाबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ जाँदै गरेको को.१ ज ३१५८ नम्बरको पिकअपबाट ४ वटा बोरामा रहेको उक्त गाँजा फेला पारी चालक कमल, सहचालक राजु र पिकअपमा सवार प्रदिपलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!