हिपमत डटकम

सोमबार, पौष ०८, २०८१ || 5836  पटक पढिएको

विराटनगरमा शनिबार बिहान एक व्यापारीमाथि निर्घात कुटपिट भएको छ। विराटनगरको ट्राफिक चोकस्थित बालाजी कपडा पसलका सञ्चालक विशाल अग्रवालमाथि एक समूहले फलामको रड, बेल्ट र धारिलो हतियार प्रयोग गरी आक्रमण गरेको हो। आक्रमणकारी समूहका एक जना रुस्तम उप्रेतीलाई प्रहरीले पक्राउ गरेको छ।

पीडित अग्रवालका अनुसार उनी पसलमै बसेको बेला उप्रेतीसहितको समूहले आक्रमण गरेको थियो। आक्रमणबाट अग्रवालको टाउको, निधार, पिठ्यु र हातमा गम्भीर चोट लागेको छ। उनी शेयरमा तृष्णा होटल पनि सञ्चालन गर्छन्।

अग्रवाल र आक्रमणकारी उप्रेतीबीचको विवाद शुक्रबार राति तृष्णा होटलमा जन्मदिनको पार्टी मनाउने क्रममा उत्पन्न भएको थियो। होटलले बिलमा छुट नदिएपछि दुईबीच झगडा भएको र अग्रवालले उप्रेतीलाई झापड हानेको उप्रेतीको दाबी छ। त्यसपछि होटलका बाउन्सरहरूले पनि उप्रेतीलाई कुटपिट गरेको र रिसइबी साध्न शनिबार अग्रवालमाथि आक्रमण भएको उप्रेतीले बताएको छ।

घटनाको उजुरी पाएपछि मोरङ प्रहरीले उप्रेतीसहित होटलका दुई बाउन्सरहरू बब्लु अंसारी खान र सुगम केशरीलाई पक्राउ गरेको छ। प्रहरीले अन्य संलग्न व्यक्तिहरूको खोजी गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!