हिपमत डटकम

बिहिबार, साउन १७, २०८१ || 1808  पटक पढिएको

शिक्षामन्त्री सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको नीति तथा कार्यक्रम रोकेको भन्दै आपत्ति जनाएकी छन् । बिहीबार सामाजिक सञ्जालमार्फत उनले यो कदम विद्यार्थी र असल प्राध्यापकको हितविपरीत भएको बताएकी छन् ।

श्रेष्ठले ट्वीट गर्दै लेखेकी छन्, “विश्वविद्यालय कार्यकर्ता रिझाउनका लागि हो कि विद्यार्थी र असल प्राध्यापकका लागि? पदेन कुलपति रहनुभएको प्रधानमन्त्रीले २०८१ साल श्रावण १५ गते मंगलबार त्रिविको नीति तथा कार्यक्रम रोक्नुभयो।”

उनका अनुसार उक्त नीति तथा कार्यक्रम विभिन्न तहको समीक्षा पार गरेको थियो र त्रिविको प्राज्ञ टिमले मिहिनेत गरेर तयार पारेको थियो। श्रेष्ठले प्रश्न गर्दै भनेकी छन्, “रोकिएको कार्यक्रम पत्रपत्रिकामा सार्वजनिक भैसकेको छ, के चाहिँ चित्त बुझेन छ यहाँलाई? त्रिवि प्राज्ञले भन्दा राम्रो काम म गर्न सक्छु भन्ने दम्भ हो कुलपतिको? यस्तो हस्तक्षेपले राजनैतिक व्यक्ति विश्वविद्यालयको कुलपति हुनुहुँदैन भन्ने कुरा झनै प्रष्ट पार्छ।”

श्रेष्ठले यस कदमले विश्वविद्यालयको स्वायत्ततामाथि प्रहार भएको बताएकी छन्। उनले राजनीतिक हस्तक्षेपले शिक्षा क्षेत्रलाई कमजोर बनाउने धारणा राखेकी छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!