बिराटनगर । मोरङ, सुनवर्षी नगरपालिका-८ हरिसचन्द्रगडीस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्रामसहित सोही नगरपालिका-६ पटियापाडा बस्ने २० वर्षीया सुलेखा राजबंशीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरीले प्र.न.१-०२ -००३ ह ७०१५ नम्बरको सिटीमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।