हिपमत डटकम

सोमबार, साउन २९, २०८० || 1132  पटक पढिएको

काठमाडौँ । उपत्यकालाई व्यवस्थित सहर बनाउने गरी उपत्यका राजधानी सहर (मेट्रो सिटी) निर्माण गर्ने योजना अगाडि बढ्न सकेन । साबिक स्थानीय तह पुनर्संरचना आयोगले आठ वर्षअघि उपत्यकामा भएका १८ वटै पालिकाको एकीकृत विकासका लागि उपत्यकामा मेट्रो सिटी निर्माण गर्न सरकारलाई प्रस्ताव गरेको थियो ।

उपत्यकाको एकीकृत विकास गर्न, आर्थिक रूपान्तरणसहित तीनै तहका सरकार र निकायबिच समन्वय तथा सहकार्य गर्न एवं साझा समस्यालाई सामूहिक रूपमा समाधान गर्न आयोगले उपत्यकालाई मेट्रो सिटी निर्माण गर्न सिफारिस गरेको थियो ।

उपत्यकालाई मेट्रो सिटी निर्माण प्रक्रिया अगाडि बढाउने जिम्मेवारी उपत्यकाका स्थानीय तहका नगरप्रमुखको भए पनि त्यसतर्फ स्थानीय तहका जनप्रतिनिधिले चासो देखाएका छैनन् । उपत्यकाको साझा समस्यालाई सामूहिक रूपमा समाधान गर्ने उद्देश्यले उपत्यका नगरपालिका फोरम निर्माण गरे पनि मेट्रो सिटी निर्माण गर्नेतर्फ फोरमले योजना ल्याएको छैन ।

उपत्यका नगरपालिका फोरमका अध्यक्ष एवं ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले फोरमको दीर्घकालीन योजना उपत्यकालाई मेट्रो सिटी निर्माण गर्ने नै भएको दाबी गरे । नेपाल नगरपालिका सङ्घका कार्यकारी निर्देशक कलानिधि देवकोटाले उपत्यकाको प्राकृतिक, भौगोलिक, सांस्कृतिक वातावरण एउटै भएकाले उपत्यकाको दीर्घकालीन विकासका लागि मेट्रो सिटी निर्माणको विकल्प नभएको बताए ।

उनका अनुसार उपत्यकावासीलाई महानगरस्तरीय सेवा सुविधा प्रदान गर्न, पूर्वाधार व्यवस्थापन गर्न, वैदेशिक लगानी आकर्षण गर्न, स्रोतको उचित रूपमा व्यवस्थापन गर्न नेपालमा मेट्रो सिटी आवश्यक छ । त्यस्तै अनियन्त्रित बसोबास नियन्त्रण गर्न, अन्तर्राष्ट्रियस्तरको खेल मैदान, रङ्गशाला, विमानस्थल निर्माण गर्न उपत्यकालाई मेट्रो सिटीका रूपमा विकास गर्नुपर्ने देखिएको छ ।

सङ्घीय व्यवस्था भएका मुलुक अमेरिका, भारत, मेक्सिको, अर्जेन्टिना, जापान, फिलिपिन्स आदिले राजधानी सहरको एकीकृत विकास गर्न मेट्रो सिटी निर्माण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!