काठमाडौं, ३२ जेठ। वान एक्स बेट सट्टाबाजी गर्न गराउनको लागि उत्प्रेरित गर्न संलग्न रहेको अभियोगमा आठ जनालाई बुधबार काठमाडौंका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोरखा बारपाक सुलिकोट गाउँपालिका-६ घर भई काठमाडौं बनस्थली बस्ने ३५ वर्षीय मरिचमान श्रेष्ठ, कास्की पोखरा महानगरपालिका-३३ घर भई हाल काठमाडौं नयाँबजार बस्ने ३६ वर्षीय राजु पौडेल, धनकुटा चौबिसे गाउँपालिका-५ घर भई भक्तपुर सिरूटार बस्ने २८ वर्षीय पवन खतिवडा, उदयपुर घर भई ललितपुर टिकाथली बस्ने २८ वर्षीय अलिस राई, रोल्पा रोल्पा नगरपालिका-६ घर भई काठमाडौं कीर्तिपुर बस्ने २४ वर्षीय जलन घर्ति मगर, मुगु छायानाथ रारा नगरपालिका-५ घर भई ललितपुर
टिकाथली बस्ने १९ वर्षीय गणेश देवकोटा, मोरङ विराटनगर महानगरपालिका-५ घर भई भक्तपुर ठिमी बस्ने २५ वर्षीय सरोज घिमिरे र प्युठान मल्लरानी गाउँपालिका-४ घर भई काठमाडौं कलंकी बस्ने २८ वर्षीय बेगम नेपाली रहेका छन् ।

बेटिङ एप्लिकेसन वान एक्स बेटमार्फत विभिन्न खेलहरू खेलाउनको लागि आफ्नो युट्युब च्यानलमार्फत वान एक्स बेटलाई प्रचार प्रसारमा सहयोग पुग्ने गरी प्रोमो कोड समेत दिई विज्ञापन गरी सर्वसाधारणलाई सट्टाबाजी गर्न गराउनको लागि उत्प्रेरित गर्न संलग्न उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीहरू उपर सट्टाबाजी गर्न वा गराउन नहुने कसूरमा थप अनुसन्धानको लागि बिहीबार जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!