हिपमत डटकम

शनिबार, जेठ २७, २०८० || 1742  पटक पढिएको

बारा, फेटा गाउँपालिका-३ राधाकृष्ण मन्दिर नजिक रहेको सार्वजनिक ईनारबाट कटुवा पेस्तोल १ थान शनिबार दिउँसो प्रहरीले बरामद गरेको छ । ईनार सफा गर्ने क्रममा कटुवा पेस्तोल फेला परेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरीले उक्त पेस्तोल बरामद गरेको हो ।

बर्दिया, मधुबन नगरपालिका-९ गाउँ नम्बर १२ स्थित अयोध्या खाता सामुदायिक वनमा वेवारिसे अवस्थामा रहेको एकनाले भरूवा बन्दुक १ थान शुक्रबार दिउँसो प्रहरीले बरामद गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!