कृष्णा प्रसाद कुशवाहा

बिहिबार, जेठ २५, २०८० || 816  पटक पढिएको

वीरगन्ज । पर्साबाट प्रहरीले एक युवकलाई बाराको प्रसौनी गाउँपालिका स्थित रहेको पतञ्जली आयुर्वेदमा जागिर लगाई दिन्छु भनी लाखौ रुपैया ठगी गरेको आरोपमा पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साको अनुसार पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका वडा नं. ५ बस्ने २५ वर्षीय अंकेश कुशवाहालाई रहेका छन् ।

उनले १८ जना व्यक्तिलाई पतञ्जली आयुर्वेदको विभिन्न स्थानमा नोकरी लगाई दिन्छु भनी प्रत्येक व्यक्तिबाट २५ हजारको दरले लाखौं रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार कुशवाहालाई पक्राउ गरी ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी मुद्दामा पर्सा जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!