हिपमत डटकम

सोमबार, जेठ ०८, २०८० || 3975  पटक पढिएको

काठमाडौं, ८ जेठ वैदेशिक रोजगारीका लागि स्विजरल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काभ्रेपलाञ्चोक बनेपा नगरपालिका-४ घर भई हाल बाँके कोहलपुर नगरपालिका- ११ दशबिगा बस्ने ४६ वर्षीया पार्वती थापालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

थापा समेतले पीडितलाई वैदेशिक रोजगारका लागि स्विजरल्याण्ड पठाई सुपर मार्केटमा प्याकिङको काम लगाईदिन्छु मासिक १ लाख रूपैयाँ तलब हुन्छ भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी ७ लाख २० हजार रूपैयाँ रकम ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका- २६ गोंगबुबाट पक्राउ गरेको हो ।  उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!