हिपमत डटकम

आइतबार, जेठ ०७, २०८० || 2010  पटक पढिएको

झापा, जेष्ठ ७ गते । झापाको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित ३ जना पक्राउ परेका छन । हिजो बिहान ११ बजे भद्रपुर नगरपालिका-८ भद्रपुर बिमान स्थलमा खटिएको सुरक्षा टोलीले चेकजाँचको क्रममा यति एयरको जहाजद्वारा काठमाण्डौ जान लागेकी कमल गाउँपालिका-७ झापा घर भई काठमाण्डौ बस्दै आएकी २६ बर्षीया एन्जल राईले भित्रि बस्त्रमा लुकाई राखेको १५ ग्राम २ सय १० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

यसै गरी इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-६ मेचीपुलबाट बुद्धशान्ती गाउँपालिका-१ का २२ बर्षीय समिर दर्जी, मेचीनगर-१ का २१ बर्षीय दिपेश कुमार राजबंशीलाई १ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका उनिहरुको प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!