हिपमत डटकम

शनिबार, जेठ ०६, २०८० || 2624  पटक पढिएको

विराटनगर । प्रहरीको वेवास्ताले प्रतिबन्धित लागूऔषध खैरो हिरोइन कारोबार प्रकरणमा कारागार जीवन बिताइरहेका भारतीय नागरिक राजकुमार सिङको दोहरो नागरिकताको मुद्दा अघि बढ्न सकेको छैन ।
सप्तरी प्रहरीले भारतीय नागरिक सिङ्ग भारतीय नागरिक भएको प्रमाण भारतवाट ल्याएर मुद्दा दर्ता गरे पनि मुद्दा अघि नबढाएको पाइएको हो ।

खेरो हिरोइनसहित पक्राउ परेका सिङसँग दोहरो नागरिकता रहेको तथ्य बाहिर आएपछि सप्तरी प्रहरी सिङ्गको पैतृक घरमा नै गएर धानबिन गरी दोहोरो नागरिकता लिएको मुद्दा दर्ता गरेको थियो ।

भारतबाट सबै प्रमाण जुटाएर सप्तरी प्रहरीले दुई वर्ष अगाडि जिल्ला अदालत सुनसरीसँग भारतीय नागरिक सिङ बयान लिन अनुमति समेत लिएका थियो।

तर, हालसम्म बयान लिएको छैन। सुनसरीको धरानबाट २०७८ मंसिर १९ गते ७७ ग्राम खैरो हेरोइनसहित पक्राउ परेका सिंहमाथि दोहोरो नागरिकता लिएको प्रमाण सप्तरी प्रहरीले फेला पारेको थियो।

प्रहरीले २०७८ असार १३ गते सिंहलाई सुनसरी जिल्ला अदालतले बयानका लागि सप्तरी ल्याउन अनुमति लिएको थियो।
तर, अदालतबाट अनुमति लिएको २ वर्ष भन्दा बढी बित्दा पनि अहिलेसम्म उनको बयान हुन सकेको छैन।

सिंहको ससुराली सत्तारूढ दल नेपाली कांग्रेसनिकट भएका कारण पनि मुद्दा प्रभावित भएको प्रहरी स्रोतले जनाएको छ।

स्रोतका अनुसार सप्तरी प्रहरीले दोहोरो नागरिकता लिएको प्रमाण संकलन गरेर मुद्दा दर्ता गरी अघि बढ्न खोजेको थियो। तर, राजनीतिक दबाबका कारण उनको मुद्दा अघि बढ्न सकेको छैन।

त्यसबेला सप्तरीमा एसपी राजेन्द्र धमला थिए। धमलाले कोरोना महामारीको बहाना देखाउँदै सिंहलाई सप्तरी ल्याउन नसकेको बताउँदै आएका थिए। सोही बेला उनको सरुवा भयो।

’सप्तरी प्रहरी प्रमुख फेरिए पनि लामो समयदेखि प्रमाण संकलन गरेर दोहोरो मुद्दा अघि बढ्न नसक्नु राजनीतिक दबाब नै हो,’ प्रहरी स्रोत भन्छ, ’प्रक्रिया अघि बढाउन लाग्दा ब्याक हुनु परेको छ।’

धमला सरुवा भएर गएपछि सप्तरी प्रहरी प्रमुखका रूपमा अभिनारायण काफ्ले आए। दोहोरो नागरिकताको प्रमाण प्रहरीले भारतबाट ल्याएको बुझेर काफ्लेले मुद्दा अगाडि बढाउने तयारी गरे। यसैबेला राजनीतिक हस्तक्षेप भएपछि पुनः मुद्दा जहाँको तहीँ छ।

प्रहरी स्रोतका अनुसार दोहोरो नागरिकता मुद्दा चले सिंह धरौटीमा रिहा हुन नसक्ने भएकाले राजनीतिक दबाब दिएर दोहोरो नागरिकताको मुद्दा चलाउन नदिइएको हो।

दोहोरो नागरिकता लिएका सिंह सुनसरीको भण्टाबारीकी कांग्रेस नेतृ तारा पौडेलका ज्वाइँ हुन्। पौडेल काग्रेसका प्रभावशाली नेता ज्ञानेन्द्रबहादुर कार्की निकट भएकाले मुद्दा अघि बढ्न नसकेको बताईएको छ । सिंह सप्तरीको तत्कालीन पकरी गाविस–२ निवासी भनिएको छ।

उनको नेपाली नागरिकता किर्ते रहेको रहस्य बाहिर आएपछि सप्तरी प्रहरीले धानबिन सुरु गरेको थियो। अनुसन्धानमा उनी भारतीय नागरिक रहेको प्रमाण फेला परेको थियो।

सप्तरीको पकरी गाउँविकास समितिबाट बनाएको नागरिकतामा बुवा बनेका ठाकुरप्रसाद सिंह पनि भारत बिहारको राज जिरोगा ग्राम पञ्चायतअन्तर्गत भरफोरी ग्राम र थाना आन्द्रामण्ड र जिल्ला मधुवनी निवासी भएको प्रमाण फेला सप्तरी प्रहरीले पारेको थियो।

ग्राम पञ्चायत राज जिरोगाका मुखिया नुतन कुमारीले राजकुमारका नेपाली बुवा पनि भारतीय रहेको भन्दै सप्तरी प्रहरीलाई पत्र लेखेर दिएकी छन्।

ठाकुरप्रसाद भारतीय नागरिक भएको उनका भारतमा दुई छोरा रहेको प्रमाणित गरेर दिएकी छन्। झुम्का कारागारमा रहेका सिंहलाई उच्च अदालत विराटनगरले पनि जिल्ला अदालतको निर्णयलाई नै सदर गरेको छ।

सप्तरी प्रहरी स्रोतका अनुसार राजकुमार सिंहको भारतीय नागरिक भएको प्रमाण फेला परेपछि नक्कली बुवा बनाएकाले ठाकुरप्रसाद सिंहको नागरिकताको छानबिन सुरू गरेको थियो।

नागरिकताको छानबिन गर्न सप्तरी प्रहरीको एक टोली वीरपुर थाना पुगेर थानका एसएचओ (सिनियर हाउस अफिसर) राजेशकुमार मण्डललाई उनका बारेमा छानबिन गर्न अनुरोध गरेको थियो।

भीमनगरस्थित थानाका तत्कालिन सब–इन्सपेक्टर शत्रुधनप्रसाद साहको नेतृवमा गएको टोलीले उनको गाउँमा पुगेर सोधपुछ गरेको थियो।

सप्तरीका प्रहरी नायब निरीक्षक जयप्रकाश साहको नेतृत्वमा सिंह भारतीय नागरिक भएको प्रमाण जुटाउन वीरपुर पुगेको थियो।

राजकुमार सिंह स्वर्गीय रामबालक सिंहका चार छोरामध्ये कान्छो छोरा भएको र भारतमा समेत नागरिकता भएको सबै प्रमाण भेटिएको थियो।

सिंह भारतीय नागरिक हुनु र भारतमा पनि उनको आपराधिक पृष्ठभूमि नै रहेको अनुसन्धानबाट खुलेपछि सप्तरी प्रहरीले भारतीय प्रहरीसँग सहयोग मागेको थियो।

पक्राउ परेका सिंहको साथबाट बरामद भएको उनको सवारीचालक अनुमति पत्रमा र नेपाली नागरिकता प्रमाणपत्रको नम्बरका आधारमा उनको नागरिकता किर्ते भएको खुलेको थियो।

नेपाली नागरिकता नम्बर २–०७३९३११३ उल्लेख रहेको छ भने ठेगाना सप्तरी जिल्लाको तत्कालीन पकरी गाविस वडा नम्बर २ रहेको छ। तर उक्त नम्बरको नेपाली नागरिकता प्रमाणपत्र जिल्ला प्रशासन कार्यालय सप्तरीबाट जारी नै नभएको देखिन्छ।

जिल्ला प्रशासन कार्यालय सप्तरीमा २–०७३९३११३ नम्बरको नेपाली नागरिकता सप्तरीबाट जारी नभएको पाइएपछि प्रहरीले भारतीय प्रहरीको सहयोग लिएको हो।

सवारी चालक अनुमति पत्रमा ठेगाना तत्कालीन पकरी गाविस–२ सप्तरी रहे पनि उक्त ठाउँमा सिंह थरका एक जना पनि नरहेको स्थानीयको भनाइ छ ।

लागूऔषध सहित सिङ सवार सवारी साधनलाई समेत जिल्ला अलालत लिलामी गर्न दिएको आदेश दिएको थियो। तर हालसम्म गाडि समेत लिलामी नभएको बताइएको छ ।
लागूऔषधमा विदेशी नागरिक कारोवारीका रूपमा प्रमाणित भए अदालतले कडा सजाय दिने प्रावधान भएकाले दोहरो नागरिकताको मुद्दा प्रहरीलाई चलाउन राजनीतिक दवाव बढ्दै गएको प्रहरी स्रोतले जनाएको

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!