हिपमत डटकम

शनिबार, जेठ ०६, २०८० || 1792  पटक पढिएको

विराटनगर । दमक स्थित भुटानी शरणार्थी शिविरमा प्रतिबिन्धत लागू ओैषध ब्राउन सुगरको कारोवार हुने गरेको पाइएको छ ।
प्रहरीले ब्राउन सुगर बिक्रिवितरण गरिरहेको अवस्था ६ जनालाई पक्राउ गरेपछि शरणार्थी शिविरमा ब्राउन सुगरको अवैध कारोवार हुने गरेको रहस्य बाहिर आएको हो ।शुक्रवार साझ दमक नगरपालिका–३ बेलडाँगीस्थित शरणर्थी शिविरमा लागुऔषध बिक्री वितरण भईरहेको गोप्य सुचनाको आधारमा प्रहरी चौकीले छापा मारेर आधा दर्जनलाई नियन्त्रणमा लिएको छ । प्रहरी चौकी बाघखोर र सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प बेलडाँगीबाट खटिएको प्रहरी टोलीले स्थानीय ४१ वर्षीया निर्पा राई र ३२ वर्षीय सन्जोग गुरुङलाई ६ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको थियो । उनीहरू पक्राउ परेसँगै सेवानकर्ताहरु १९ वर्षीय मन्दिप दर्जी, १९ वर्षीय अविराज गुरुङ, २३ वर्षीय मिलन गुरुङ र २४ बर्षीया दिलु तामाङ समेत शिविरबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट २ थान मोबाईल समेत बरामद गरेको छ । यता
पक्राउ परेका ६ जनालाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको जनाइएको छ

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!