हिपमत डटकम

बिहिबार, जेठ ०४, २०८० || 3400  पटक पढिएको

झापा । कोशी प्रदेशको झापा वाट ब्राउन सुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेका छन्।
पक्राउ पर्नेहरूमा दमक नगरपालिका–४ का २८ वर्षीया दाम भन्ने सुसन धिमाल, दमक–९ निवासी २७ वर्षीय अभिषेक विश्वकर्मा र सोही ठाउँका २० वर्षीय तिन्तुस मुन्ना रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले
दमक–४ स्थित अडिया महलमा ब्राउन सुगरको बिक्री वितरण गरिरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको जानकारी दिए ।

प्रहरीले शरीर चेकजाँचका क्रममा मुन्नाको साथबाट १० ग्राम ब्राउन सुगर फेला पारेको हो। उनले मलद्वारमा ब्राउन सुगर लुकाएर राखेका थिए।
प्रहरीले घटनास्थलबाट को ३९ प ६८७५ नम्बरको र को १४ प २२९० नम्बरको मोटरसाइकलसहित दुई थान मोबाइल समेत बरामद गरेको छ।
सो घटनामा संलग्न दमक–९ निवासी २५ वर्षीय रोशन विश्वकर्मा फरार रहेकोले उनको खोजी भइरहेको छ। यता पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय दमक राखिएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!