हिपमत डटकम

आइतबार, बैशाख ३१, २०८० || 7169  पटक पढिएको

काठमाडौं, ३१ वैशाख ।चन्द्रागिरी नगरपालिका-२ देउराली भञ्जाङबाट अवैध लागूऔषध गाँजा १ किलो २० ग्रामसहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ गल्छी गाउँपालिका-५ टुक्टिन बस्ने ३४ वर्षीय बिराज लामा र सोही ठाउँ बस्ने २८ वर्षीय शान्ताराज तामाङ रहेका छन् । प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको प्र.३-०२-००९ प ४६८५ नम्बरको मोटरसाइकललाई
जाँच गर्ने क्रममा उक्त गाँजासहित फेला पारी मोटरसाइकलमा सवार दुवै जनालाई पक्राउ गरेको हो ।

सर्लाही, ब्रहम्पुरी गाउँपालिका-५ सखुअवा नाकाबाट अवैध लागूऔषध गाँजा करिब २० किलोग्राम आइतबार बिहान प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी पर्सा र सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट सखुअवाबाट गस्तीमा खटिएको संयुक्त प्रहरी टोलीलाई देख्नासाथ नेपालबाट भारततर्फ जाँदै गरेको बीआर ३० डी ५८८५ नम्बरको मोटरसाइकलमा सवार व्यक्तिहरू मोटरसाइकल छोडी फरार भएपछि बोरामा रहेको उक्त गाँजा फेला पारी प्रहरीले बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!