
काठमाडौं, ३१ वैशाख कतार पुलिसमा रोजगारीको लागि कतार पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिका-४ घर भई काठमाडौं महानगरपालिका- १० थापागाउँ बस्ने ४९ वर्षीय रूद्र बहादुर लिम्बुलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

लिम्बु समेतले १९ जनालाई वैदेशिक रोजगारीको लागि कतारमा पठाई कतार पुलिसमा १ लाख रुपैयाँ भन्दा बढी तलवमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटकपटक गरी ६९ लाख रुपैयाँ ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाटखटिएको प्रहरीले उनलाई काठमाडौं धुम्बराहीबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ ।